बलिउडमा तामझामका साथ फिल्म फेयर अवार्ड

लन्डन । बलिउडमा तामझामका साथ फिल्म फेयर अवार्ड गरिएको छ । बलिउडको ६३ औं ‘फिल्म फेयर अवार्ड कार्यक्रम २०१८’ शनिबार राति भारतको मुम्बइमा सम्पन्न गरिएको हो । हरेक वर्ष झै यस वर्ष पनि कार्यक्रमलाई तामझामका साथ मनाइएको हो । बलिउड कलाकार अक्षय कुमार, रणविर सिंहलगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राख्दै समारोहलाई रोमाञ्चक बनाएका थिए ।

वर्षकै सर्वोत्कृष्ट अभिनेता तथा अभिनेत्रीको पुरस्कार यस वर्ष इरफान खान र विद्या वालनले पाएका छन् । इरफान खानलाई फिल्म ‘हिन्दी मीडियम’बाट वर्षकै उत्कृष्ट अभिनेता तथा विद्या वालनलाई उनको फिल्म ‘तुम्हारी सुलु’बाट वर्षकै उत्कृष्ट अभिनेत्रीको पुरस्कार दिइएको छ ।