सुशिलको ’माया नयनी ताल’ पुग्यो चर्चाको शिखरमा, भिडियोमा हेर्नुहोस

लण्डन ।“माया नयनी ताल “चर्चाको शिखरमा पुगेको छ ।धादिङमा जन्मिएका सुशील रेग्मीको अभिनयमा नया गीत ’माया नयनी ताल’ चर्चा सँगै बजारमा आएको हो।सरोज साजन श्रेष्ठको लय, शब्द स्वर रहेको उक्त गीत चर्चाको शिखरमा पुग्न सफल रह्यो ।

उक्त गीतमा सुशिल रेग्मी सँगै टिकटक स्टार सुधीर श्रेष्ठ र रियाशा दाहालले अभिनय गरेका छन् ।

सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन अनि विकास दाहालको सम्पादन रहेको छ । नायक प्रेम रेग्मीको लगानीमा निर्मित यो भिडियो अन्तर्रष्ट्रिय मुभि मेकर्स कम्पनी नेप्सिनेद्वारा उत्पादन गरिएको हो गीतमा विधान कार्कीको निर्देशन रहेको छ ।

यसै बिच बेलायतको केन्टमा बस्दै आउनु भएकी डा.अम्बिका अधिकारीले “माया नयनी ताल“भिडियो निकै राम्रो बनेको प्रतिक्रिया दिनु भयो ।”हेरौ भिडियो”—

https://www.youtube.com/watch?v=6qKkA6BQO6o&fbclid=IwAR2rmyiOP4Aknbn37wPtkoX3q1w3Du_nRXasG2VGyx27F6OgigEjRsKprfk