अमृत शर्मा
सिड्नी/अस्ट्रेलिया
बाबा एजुकेसन कन्सल्टेन्सीले अस्ट्रेलियाको सिड्नी मा एउटा बिशेस गाला डिनरको आयोजना गर्ने भएको छ l नेपाली हाँस्यब्यङ्ग्य एबम कलाकारिता क्षेत्रका बहुप्रतिभाशाली कलाकार हरिवंश आचार्य को उपस्थिति मा उक्त गाला डिनर हुने भएको हो l कार्येक्रममा वरिष्ठ कलाकार आचार्य का अलवा गायक सन्जिब पराजुली र समिर आचार्य को बेजोड प्रस्तुति अनि सिड्नी का चर्चित नेपाली डान्ससर्स को उतक्रिस्ट डान्स रहने छ l कार्येक्रमको ब्यापक तयारी भएको बताउनु हुन्छ- आयोजक एबम बाबा एजुकेसन कन्सल्टेन्सी का सी ई ओ रबिन्द्र कुमार शर्मा l कोजी एशिया र आर के एस अस्ट्रेलियाले आयोजना को जिम्मा लिएको यो कार्येक्रम मेलबोर्न मा २७ अक्टोबर र एडीलेडमा २८ अक्टोबर मा पनि हुने भएको छ l
कार्यक्रममा आचार्यका रमाइला प्रस्तुतिहरुका साथमा हस्ताक्क्षर सहित, चर्चित पुस्तकहरु ” हरि बहादुर ” र ” चिना हराएको मान्छे ” पनि उपलब्ध हुनेछ l सिड्नीमा रहनुभएका नेपालीहरू माझ बसेर आचार्यले आफ्ना जीवनका भोगाई तथा अनुभबका बारेमा जानकारी गराउनु हुने छ l उक्त कार्यक्रम ३ नोभेम्बर २०१८ मा इन्द्रेणी फक्सन सेन्टर रक्डेलमा बेलुका ६ बजे बाट सुरु हुने र टिकट मुल्य $50 रहेको बताउनु हुन्छ कार्येक्रम संयोजक, अमृत शर्मा l बिजयादशमी र दिपावली को अवसरमा शुभकामना आदान प्रधान र भेटघाट को साथ डिनर को आयोजना गरिएको र उक्त कार्यक्रम बाट उठेको रकम नेपालमा मानब सेवा आश्रम को लागि सहयोग गरिने बताउनु हुन्छ कोजी एशिया का सी ई ओ अनन्त कार्की l सम्पूर्ण सिड्नी बाशी नेपाली दाजुभाई , दिदिबहिनि ,आमा बुबा सबैमा कार्यक्रममा उपस्थिति भई दिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ l






