बेल्जियम कांग्रेसको विवादले लियो चर्को रुप,आयो प्रेश बिज्ञप्ती

लण्डन । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति बेल्जियममा विवादले चर्को रुप लिएको छ । समितिकी सभापति सीता सापकोटाले  एक विज्ञप्ति जारी गर्दै वर्तमान महामन्त्रि शुभाष गुरुङ र पूर्वसभापति गंगाधार गौतमलाई समितिको साधारण सदस्य समेत नरहने गरि ४ वर्षको लागि बर्खास्त गरे पछि विवाद बढेको हो । गुरुङ र गौतमले पार्टी अनुशासन तोडेर पटक पटक सचेत गराउदा समेत नसुर्धे पछि कार्यवाही गरिएको वताएको छ ।

यसैबीच, बेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति औपचारिक रुपमा विभाजन भएको छ । नेपाली जनसम्पर्क समितिका महामन्त्री सुभाष गुरुङको नेतृत्वमा आइतवार राति लुभेनमा भएको एक भेलाले वर्तमान सभापति सीता सापकोटाको नेतृत्व नमान्ने घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।

 सभापति सीता सापकोटाले संगठनले लिनु परेको बाध्यकारी निर्णय भन्दै जारी गरेको प्रेश बिज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *