विदेशबाट फर्किँदा खोप कार्ड देखाए पुग्ने

काठमाण्डौ । अबदेखि विदेशबाट नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुले कोराना विरुद्धको पूणर्मात्रा खोप लगाए पिसीआर रिपोर्ट नचाहिने भएको छ ।

सरकारले नेपाल आउने नागरिकको लागि दुई वर्षअघि लागू गरेको अध्यागमन सम्बन्धी मापदण्ड खारेज गरेसगैं अब पूणर् मात्रा खोप लगाएको कार्ड अथवा पिसीआर रिपोर्ट दुबै मध्ये कुनै एक भए क्वारेन्टाईनमा बस्नु नपर्ने भएको छ ।

अब विदेशबाट आउने नागरिकले कोभिड-१९ विरुद्धको खोप कार्डको प्रमाणपत्र वा पीसीआर परीक्षणको रिपोर्ट मात्र देखाए पनि प्रवेश दिइनेछ । यसअघि विदेशबाट आउने नागरिकलाई क्वारेन्टाइनको व्यवस्था समेत गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निणर्य सरोकारवाला मन्त्रालयहरुलाई पठाएको छ ।

यदी खोप कार्ड उपलब्ध नभएमा ७२ घण्टा अगाडी पिसीआर परिक्षण गरी नेगेटिभ नतिजा आएका यात्रुहरु पनि निर्बाध नेपाल प्रवेश गर्न पाउनेछन् ।