समानन्तर सरकार र सेना गठन गरिने

एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले सत्तापक्षले प्रश्नावली समिति बिघटन गरी बार्ताको वातावरण नबनाए समानान्तर सरकार र सेना गठन गर्ने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार संघ बाँकेले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले सत्ता पक्षले सबै सहमति तोडे माओबादी पनि शान्ति सम्झौता अगाडीकै अवस्थामा पुग्ने दाबी गरे । शान्ति सम्झौता भङ्ग भए माओबादी स्वत शान्ति सम्झौता अगाडीको अवस्थामा पुग्ने भन्दै उनले त्यसपछिको अवस्थामा समानान्तर सरकार र सेना गठन गरिने बताए ।