सहमतिमा संविधान जारी हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले केही दिनमै सहमतिमा संबिधान जारी हुने बताएका छन् । रुपन्देहीको फर्साटिकरमा आज ज्ञानोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको भवन उदघाटन गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकको समस्याको समाधान  वार्ता, सहमति र एकताबाट हुने वताउंदै आजपनि प्रचण्ड संग सहमतिका बिषयमा आफनो कुरा भएको बताए ।
केही कारणले राजनीतिमा केही दिन जटिलता देखिएर सवैलाई दुःख लागे पनि त्यसले केही दिनमा निकास पाउने कोईरालाले बिश्वास दिलाए । समयमै लोकतान्त्रीक संबिधान जारी गरेर मिलेर अगाडी बढ्ने हो भने, अबको ८-१० बर्षमै मुलुकले बिकासमा फड्को मार्ने उनको भनाई थियो ।