यूक्रेनी राष्ट्रपति पेट्रो पेरोशेन्कोले रुस समर्थक पृथकतावादीहरुसँग पूर्वी यूक्रेनमा चलिरहेको युद्ध तत्काल रोक्न सेनालाई आदेश दिएका छन् । राष्ट्रपति पेरोशेन्कोले देबाल्टसेभमा विद्रोहीले गरिरहेको युद्ध पनि तत्काल रोक्न विद्रोहीलाई चेतावनी दिएका छन् ।
देशमा शान्ति बहाली गर्न यो सम्भवतः अन्तिम अवसर हुन सक्छ भन्दै उनले अवसर खेर नफाल्न र युद्ध विरामप्रति सम्मान जनाउन सबैमा अपिल गरे ।
जर्मनी, फ्रान्स र रुस एवं यूक्रेन र रुसी पृथकतावादीबीच गत विहीवार बेलारुसमा भएको वार्तामा आइतवारबाट युद्धविराम गर्न दुबै पक्ष राजी भएका थिए । युद्ध विरामको समय शुरु भएपछि पनि पूर्वी यूक्रेनको केही स्थानमा आक्रमण भएका खबर छन् । यसअघि विद्रोही नेताले पनि तिनका लडाकूलाई युद्ध विरामको सहमतिप्रति सम्मान जनाउँदै संघर्ष रोक्न आदेश दिएका थिए ।
पूर्वी यूक्रेनको क्राइमिया रुसमा विलय गराएयता भएका संघर्षमा यूक्रेनमा करीब ५५ सय व्यक्ति मारिइसकेका छन् ।
तत्काल युद्ध रोकौं: यूक्रेनी राष्ट्रपति






