सेनाको नयाँ हेलिकप्टरमा प्रधानमन्त्री–मन्त्री सरर !

काठमाडौं, आषाढ ७ । नेपाली सेनाले रुसबाट खरिद गरेका दुईओटा ‘एमआइ १७’ हेलिकप्टरको सोमबार प्रधानमन्त्री सुशील कोइरालाले शुभारम्भ गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको ११ नम्बर बाहिनीमा गरिएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले हेलिकप्टरको सेवा शुभारम्भ गरेका हुन् ।
त्यसलगत्तै प्रधानमन्त्री कोइराला, उपप्रधानमन्त्रीद्धय वामदेव गौतम, प्रकाशमान सिंह, प्रधान सेनापति गौरवशमशेर राणालगायतको टोली दुबै हेलिकप्टर लिएर उत्तरी धादिङको झारलाङ गाविसमा राहत वितरणका लागि गएका थिए ।