गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु

गुल्मी : गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका-३ सालघारीकी २६ वर्षीय सरिता थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक थापालाई सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेको हो । उनलाई बेहोस अवस्थामा स्थानीयले फेला पारेका थिए । उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापा माछा मार्न खोलामा एक्लै गएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।