बुबा नै आमा आमा बन्ने भएपछि ….

न्युयोर्क, १८ माघ– रियालिटी शो स्टार तथा मोडल किम कर्दासियनका पिता ब्रुस जेनरले लिंग परिवर्तन गरेर महिला बन्न लागेका छन् ।

पूर्व ओलम्पियन समेत रहेका जेनरले लिंग परिवर्तन गर्ने हल्ला पहिले नै चलेपनि अहिले आएर त्यसलाई पारिवारिक स्रोतले पनि पुष्टि गरेको छ ।

२३ वर्षको वैवाहिक जीवनपछि जेनर र पत्नी क्रिसले गत महिनामात्र सम्बन्ध विच्छेद गरेका थिए ।

चार महिनाअघि देखि उनले लिंग परिवर्तन गर्न लागेको समाचारहरु बाहिर आएको थियो । नेलपोलिस लगाएर गाडी चढिरहेको तस्विर बाहिर आएपछि यो हल्ला झन् फैलिएको थियो ।

यसबारेमा परिवारले खुला रुपमा केही नबोले पनि आफ्ना पिताको निर्णयको समर्थनमा रहेको बताएका छन् । तोरी क्लोह कर्दासियनले ‘तपाईंमाथि भरोसा छ’ भनेर ट्वीटरमा उल्लेख गरेकी छिन् ।

त्यस्तै किमले पनि इन्टरटेन्मेन्ट टुनाइटलाई अन्तरवार्ता दिँदै आफ्ना पिता खुसी रहेको र उनको ‘यात्रा’ को बारेमा उनी आफै तयार भएपछि जानकारी दिने बताएकी छिन् ।