मिस राईको उपाधि पुनमको पोल्टामा

Punam-Rai-miss-rai-2015-4बेलबारी, १९ माघ । आफ्ना १५ प्रतिस्पर्धीहरुलाई उछिन्दै मोरङकी पुनम बान्तावा राईले मिस राई ०१५ को उपाधि हात पार्न सफल भएकी छिन् ।
प्रतियोगीताकी विजेता घोषित भएकी बेलबारी– ४, लालभित्तिकी पुनमलाई प्रमाणपत्र, नगद ५० हजार रुपैयाँ सहित ताज पहिराईएको छ । विजेता पुनमले भिवर च्वाइजको अवार्ड पनि आफ्नै पोल्टामा पारिन् ।
उक्त प्रतियोगितामा सुप्रिया राई फर्स रनरअप, स्नेहा राई सेकेन्ड रनरअप र नज्मा राई थर्ड रनरअप बनेका छन् ।
उनीहरुलाई प्रमाणपत्रका साथै २०–२० हजार रुपैयाँ वितरण गरिएको थियो ।
किराँती नयाँ वर्ष यलेदोङ ५०७५ को अवसर पारेर आयोजना भएको सिटिभी मोवाइल मिस राई ०१५ मा बेस्ट ट्यालेन्टको उपाधी जित्न सफल भएकी छिन् ।
प्रतियोगीताको निर्णायकहरुमा साहित्यकार भुपाल राई, सिटिभी मोवाइलका म्यानेजर समा श्रेष्ठ, कलाकार खगेश रञ्जितकार लगायत रहेका थिए ।