गगन थापाले भूकम्प पीडितका लागि बनाए ४८ वटा अस्थायी टहरा

gaganthapa

नेपाली काँग्रेसका साथीहरूको सहयोग र काँग्रेसकै यूवाहरूको स्वयंसेवी श्रमदान भएपनि हामीले घर निर्माण गर्दा कुनै आस्था र पृष्ठभूमि हेरेनौं। एउटा गाँउ छनोट गर्‍यौं र त्यस गाँउको सवैका घरहरू निर्मान गर्यौं।’थापाले भने |

दुई दिनसम्म सँगै बसेर सँगै श्रमदान गरेर स्थानीय जनतासँग जोडिन पाउँदा आफूलाई खुसी लागेको थापाले बताए।

काठमाडौं क्षेत्र नं. ४ चुनिखेलका १० जना कालिगढ, थापाथली ईन्जिनियरिङ कलेज, डव्लु आर सी, नेपाल ईन्जिनियरिङ कलेज, कस्मस ईन्जीनियरिङ कलेज, कान्तिपुर सिटी कलेज, कान्तिपुर ईन्टरनेसनल कलेज लगायत विभिन्न क्याम्पसका नेविसंघ आवद्ध ४० भन्दा वढि ईन्जीनियर प्राविधिक, पव्लिक पोलिसी पाठशालाका विद्यार्थीहरू र डेमोक्रेटिक युथ एलाईन्ससहित अन्य ९० जनाको टिम थियो।