माओवादी बन्दले मुलुकभर तोडफोड र आगजनी

truck.jpgकाठमाडौं- नेकपा माओवादी नेत्रविक्रम चन्द विप्लव नेतृत्वले बन्द आब्हान गरेको नेपाल बन्दले काठमाडौं उपत्यकामात्र होइन मुलुकभरकै जनजीवनमा असर परेको छ ।

यसपटक पनि विप्लव तोडफोडमा उत्रिएका छन् । तोडफोड गर्ने कार्यकर्ता पक्राउ परिसकेका छन् । बन्दकर्ता आक्रामक भएसँगै काठमाडौंमा दुई वटा ट्याक्सी जनाइए ।

त्यस्तै चितवन, तनहुँ लगायतमा पनि ट्रकहरु जलाइएका छन् ।

यसपटक संयमित भएर बन्द गर्ने जनाए पनि फेरि आक्रमक भएको हो ।

मुलुकभरका शैक्षिक संस्था ठप्प भएका छन् । त्यस्तै सरकारी कर्मचारी एवं निजी कार्यालयका मजदुर हिंडेरै गन्तव्यमा पुगेका छन् ।

मोटरसाइकल, साइकल हुनेहरु भने सोही अनुसार गन्तव्य पुगेका छन् ।