लन्डनको पशुपतिनाथ मन्दिर अध्यक्षमा कँडेल सर्वसम्मत

लण्डन । लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको अध्यक्षमा नरेन्द्र कँडेल निर्वाचित भएका छन् । चार्ल्टनमा आइतबार सम्पन्न मन्दिर व्यवस्थापन समितिको अधिवेशनले कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष निर्वाचित कँडेल यसअघि मन्दिर व्यवस्थापन समितिमा उपाध्यक्ष थिए । अध्यक्ष कँडेल बेलायतमा नेपाली समुदायमाँझ लोकप्रिय व्यवसायीका रुपमा परिचित छन् ।

समितिको उपाध्यक्षमा दासुराम पाण्डे, सचिवमा कल्पना त्रिपाठी, सहसचिवमा जीवन वाग्ले, कोषाध्यक्षमा गोपालप्रसाद अर्याल चयन भएका छन् । यसैगरी सदस्यहरुमा दिनेश खरेल, रामकृष्ण अर्याल, मुना खरेल, भोजराज कँडेल, कृष्णप्रसाद खरेल, माया केसी, मञ्जु गौतम, सुनिता गौतम, माधवलाल श्रेष्ठ, र उदय लम्साल रहेका छन् । समितिले दुई वर्ष काम गर्ने छन् । पशुपतिनाथ मन्दिर प्लमस्टिड लण्डनको वार्षिक साधारण सभा गर्ने तथा नयाँ कार्यसमिति चयनको लागि १८ जुनसम्म आइपुग्ने गरी उम्मेदवारी आव्हान गरीएको थियो ।

रितपूर्व उम्मेदवारी नपरेका सदस्यको नाम खारेज गरिएको निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन कमिटीमा निर्वाचन कमीटी होम शर्मा, बिनोद ज्ञवाली, फणीन्र्द भट्टराई, अर्जुन गौतम र मोती भण्डारी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *