पत्रकार महासंघमा ईलाइब्रेरी स्थापना गर्न एनआरएनएले सहयोग गर्छ: भट्ट

काठमाडौं– नेपाल पत्रकार महासंघले गैरआवासीय नेपाली संघका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई स्वागत तथा पूर्ण कार्य सफलताको शुभकामना व्यक्त गरेको छ ।

आज कार्तिक १८ गते महासंघको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले नेपाल पत्रकार महासंघ गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । महासचिव विष्टले गैरआवासीय नेपाली संघप्रति नेपाली जनताले ठुलो अपेक्ष राखेको हुँदा देश विकासका निम्ती गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न आवश्यक रहेको धारण व्यक्त गर्नु भयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार महासंघसंग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । उहाँले महासंघमा ईलाइब्रेरी स्थापना गर्न सहयोग गर्ने बताउनु भयो ।

अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघलाई लगानी मैत्री वातावरण निर्माण गर्न सबैलाई आह्वान गर्नु भयो ।