नेपालमा २ हप्ता लकडाउन हुने संकेत, प्रधानमन्त्री सकारात्मक

काठमाण्डौ ।
साउन ६ गते लकडाउन खुलेसँगै देशभर नै नागरीकहरु खुलेआम बाहिर निस्कीए । जसको कारण देशका केही ठाँउमा समुदायस्तरमै संक्रमण देखिन थाल्यो भने समग्र देशभरनै संक्रमित बढेका छन् ।

जसले गर्दा फेरी पनि लकडाउन गर्नुपर्ने हो कि भन्ने बारेमा छलफल चलेको छ । चौतर्फी रुपमा लकडाउनको चर्चा चलीरहँदा प्रधानमन्त्री केपी शर्माले ओलीले विपक्षी दलका नेता सहित विज्ञहरुलाइ छलफलमा बोलाए । उक्त छलफलमा विज्ञहरुले फेरी २ साता लकडाउन गर्न सुझाव दिएका छन् ।

छदफलमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए ।

‘यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कम्तीमा दुइ साता लकडाउन गरी प्रभावकारी भुमिका खेल्न सरकारलाइ सुझाव दिएको उनले जानकारी दिए । प्रधानमन्त्री यस विषयमा सकारात्मक भएको उनको भनाइ छ ।

विज्ञहरुसँग परामर्श लिएपछि त्यसका आधारमा ओलीले सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नेछन् । संभवत चाँडै ओलीले देशबासीको नाममा सम्बोधन गर्ने र सोही सम्बोधनमार्फत लकडाउनको घोषणा गर्न सक्नेछन् ।