व्यवसायी गौचन हत्याका मुख्य योजनाकार समिरमान पक्राउ

काठमाडौं- निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतमा पक्राउ गरेको छ ।

गौचनको असोज २३ गते शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ ।