तक्दीर अधिकारी
सिड्नी । तनहुँ समाज अस्ट्रेलियाको वार्षिकोत्सवमा शुभकामना आदन–प्रदान गर्नुका साथै बार्बिक्यु कार्यक्रमको आयोजना गरियो । समाज चार वर्ष पूरा गरेर पाँच वर्षमा लागेको छ । कार्यक्रमको सभापतित्व समाजकाअध्यक्ष दिनेश खनालले गरेका थिए भने कार्यक्रम सञ्चालन समाजका वरिष्ठ सल्लाहकार दिनेश राज जोशीले गरेका थिए ।नायिका सुस्मिता खड्काले शुभकामना मन्तव्य राखेकी थिइन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सम्मुखमा कार्यक्रम आयोजना भएकाले विशेषतः चुनावी माहोल झल्किन्थ्यो । कार्यक्रममा समाजका उपाध्यक्ष मेघराज पौडेल, संचार कर्मी माधव गैरे ,समाजका पूर्वअध्यक्ष पि आर अधिकारी ,एनआरएनका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देलले पनि बोलेका थिए ।
एनआरएन अस्ट्रेलियाको अध्यक्ष पदका प्रत्यासी केशव कँडेल, न्यू साउथ वेल्ल्स कोर्डिनिटेर् तथा एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष पदका प्रत्यासी देव तमु, युथ कोअर्डिनेटरका उम्मेदवार प्रज्वल भटाराई , अरुण गौतम र सन्तोष कुँवर तथा सचिवका उम्मेदवार संगीता बस्नेत जोशी, सुदीप ढकाल कार्यक्रमका सहभागी थिए । तनहुँ समाज अस्ट्रेलियाका महासचिव तथा एनसीसी उम्मेदवार सूर्यभक्त खनालले तनहुँ समाज अष्ट्रेलियाले लामो समय देखी बिभिन्न खालका सामाजिक कार्य गर्दै आएको र भबिश्यमा पनि निरन्तर दिदै जाने बताये ।








