सिडनी । अस्ट्रेलियामा रहेको विनर्स सर्कल रेकर्डस् ले पहिलो हिपहप गीती सग्रंह सार्वजनिक गरेको छ । सर्कल स्थापना भएपछि पहिलो पटक कम्पनीले म्यूजिक भिडियो सहित एल्बम प्रिअडरमा ल्याएको हो ।
पछिल्लो समय युवा पुस्ता माझ लोकप्रिय बन्दै गईरहेको हिपहप सगींतको प्रवद्र्धन गर्ने उद्धेश्य सहित स्थापित संस्थाले ‘डब्ल्यूसी फस्र्ट कन्ट्याक’ नामक गीति एल्बम प्रिअडरमा राखिएको संस्थापक रोशन खतिवडाले जानकारी दिए ।
उनीहरुले अस्ट्रेलियामा डब्ल्यूसी रेकर्ड लेभल समेत खोलेर गीत रेकर्डिङ गर्ने गरेका छन् । उक्त एल्मब अहिले बिक्री भईरहेको खतिवडाले बताए । केही समयमै १ सय ५० जनाले खरिद गरिसकेको र अझैपनि विक्रि हुँदै गरेको उनको भनाई छ ।
एल्बममा अस्ट्रेलियाबाट रोन जे, वृज मोक्ष, जेष्ट लगायतका थुप्रै कलाकारहरु रहेका छन् भने नेपालबाट कवि जी, ईज, ओएमजी स्पार्क लगायतका अन्य कलाकारहरु रहेका छन् ।
एल्बमबाट आउने पैसा सामाजिक क्षेत्रमा
सर्कलले आफुहरुले निर्माण गर्ने सगींत र म्युजिक भिडियोबाट हुने आम्दानी सामाजिक कार्यमा खर्च गरेको छ । एल्बम विक्री तथा अन्य माध्यमबाट हुने आम्दानीलाई नेपालका विभिन्न क्षेत्रका सामाजिक कार्यमा खर्च गर्ने उद्धेश्य रहेको संस्थापक खतिवडाले बताए ।
उनीहरुले पहिलो डेब्यू एल्बम मार्फत सकंलित रकमले काठमाण्डौको एक मानव सेवा आश्रममा १ दिनको खाना सौजन्य गरेका छन् । समाजमा सबैको साथ सहयोग मिल्यो भने अझै सगींतको उत्थानसगैं परोपकारी कार्य गर्ने आफुहरुको ध्येय रहेको उनको भनाई छ ।






