संसद् विघटन खारेजीको माग गर्दै अस्ट्रेलियाबाट तीन नेताले पठाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सिड्नी । अस्ट्रेलियामा सक्रिय नेपाली संघ संस्थाहरुले नेपालमा प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै उक्त कदमको खारेजी गर्न माग गरेको छ । प्रधानमन्त्रीले पुस ५ गते गरेको उक्त कदम संविधानविपरीत रहेको भन्दै अस्ट्रेलियास्थित नेपाली दूतावासमार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र पठाएको छ ।

प्रावासी नेपालि एकता मञ्चका अध्यक्ष राजन बस्नेत, जनसम्पर्क समिति अस्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ्ग शेर्पा, नेपाली समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ्गले उक्त कदम फिर्ता गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले ज्ञापान पत्र मार्फत प्रधानमन्त्रीको प्रतिगामी कदम सच्चाएर देशलाई अलोकतान्त्रीक सर्वसत्तावादी मार्गबाट लोकतान्त्रिक संविधानवादको दिशामा फर्काउन माग गरेका छन् ।

ज्ञापन पत्रमार्फत प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरोध गर्दै सम्पूर्ण अस्ट्रेलियाबासी नेपालीको तर्फबाट तत्काल उत्तm कदम फिर्ता लिन आग्रह गरिएको छ ।

कार्यक्रममा जनता समाजवादी पार्टि प्रवास विशेष समितिका उपाध्यक्ष सुवान चौलागाई, प्रवासी नेपाली एकता मञ्चका अच्युत थपलिया, माधव शाह, दिपक पाण्डे, नेपाली समाज अस्ट्रेलियाका महासचिव सन्तोष आचार्य, कृष्ण कार्की लगायतले राजदूत महेश दाहाललाई उक्त ज्ञापन पत्र बुझाएका थिए ।

उनीहरुले सम्पूर्ण देशप्रेमी नेपालीहरुलाई प्रधानमन्त्रीले गरेको उक्त कदमको विरोध गर्न समेत माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै राजदुत दहालले उक्त पत्र सम्बन्धित ठाँउमा पुर्याउने बताए ।