शिव भण्डारी
लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीको नयां वर्ष शुभकामना सांझ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार सांझ एसियन कम्युनिटी हलमा आयोजित नयां वर्ष कार्यक्रममा ग्रीनवीच बरोका विशिष्ठ व्यक्तित्वहरु सहित हजारौं सहभागी भए ।
आइतबार सांझ प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा सम्पन्न कार्यक्रममा स्थानीय सांसद, ग्रिनविच बरोका मेयर, काउन्सिलरसंगै नेपाली समुदायबाट विभिन्न संघसंस्था प्रतिनिधीहरुको पनि उल्लेख्य उपस्थिति रहयो ।
सोसाइटीका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो चरण औपचारिक थियो जसको सञ्चालन महासचिव खुशी लिम्बुले गरेका थिए । ग्रिनविच बरोका मेयर नर्मान एडम्स, सांसद म्याथ्यु पेनिकुक र अध्यक्ष श्रेष्ठले दीप प्रज्वलन गरेर संयुक्त रुपमा कार्यक्रम सुभारम्भ गरेका थिए ।
सोसाइटीका उपाध्यक्ष देवेन श्रेष्ठले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराए भने प्रमुख सल्लाहकार एलएन पाण्डेले स्वागत मन्तव्य दिएका थिए ।कार्यक्रममा मेयर एडम्स, सांसद पेनिकुक तथा काउन्सिलरहरु डेनिस हाइल्याण्ड र म्याथ्यु म्यारोले पनि शुभकामना मन्तव्य दिएका थिए । अध्यक्ष श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक चरणको समापन गरे ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम सुशिल प्रजापति, आयुष्मा गिरी, सेविका जिसी र सूर्य गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा कोहिनूर शाही ,काजोल जोशी, आयुष्मा गिरी, श्रेया कार्की, इन्दु कार्की, सेविका जिसी, संजोग जिसी, रिया खरेल, एलिजा श्रेष्ठ, हरिकुमार मल्ल, देवी गुरुङ, दिलधारा गुरुङ, यममाया गुरुङ, ह्ंयूकुमारी गुरुङ, इन्द्रमाया गुरुङ, दलबहादुर गुरुङ, टिलबहादुर गुरुङ, दिक्षा सुनुवार, रक्षा सुनुवार, नर्पता गुरुङ, ओममाया गुरुङ, बिकेस बस्नेत, एलिसा खत्री, सोम्या श्रेष्ठ, पुजा खरेल लगायतले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चर्चित तीन कलाकारहरु शिव परियार, रामजी खांड र देविका केसी तथा स्थानीय कलाकारहरुको बेजोड नृत्यले दर्शक थप आकर्षित भए । देविका केसी को चर्चित गीत “बाजी ठोकम आउ “भन्ने लोक गीत मा दर्शक नीकै बेर सम्म नाचिरहे । गायक रामजी खांड भने फूल फूलेर पहेलै भयो भन्दै थिए दर्शकसंग । उनका पुराना नयां गीतले दर्शक नाचिरहे ।
राष्टिय कलाकारको माग बढेपछि आयोजकले एक घण्टा समय थपेर शिव परियारको प्रस्तुति “पिउंदिन भन्दा भन्दै पिलायो साथीले” गाएपछि त दर्शक मज्जाले नाचिहाले। कार्यक्रम हेर्न मानिसहरुको तंछाडमंछाड थियो ।









