स्थानीय विकास सहायकमन्त्री विष्टलाई फिर्ता पठाउन प्रधानमन्त्रीलाई पत्र

birajकाठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई सरकारबाट फिर्ता पठाउन प्रधानमन्त्रीलाई आज पत्र पठाएको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार सहायक मन्त्री विष्टले पार्टीको नीति तथा हितविपरीत कार्य गरेकाले सरकारबाट फिर्ता पठाउन प्रधानमन्त्रीलाई पत्राचार गरिएको हो ।

पार्टीका सह–अध्यक्ष केशरबहादुर विष्टलाई पार्टीले कारबाही गरेपछि त्यसको विरोधमा सहायक मन्त्री विष्टले विभिन्न गतिविधि गर्दै आएको बताइएको छ । रासस