विजेता नेपाली टोलीलाई उपराष्ट्रपतिको बधाई

nanda kishor punकाठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र नामिबियाबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा विजयी भएकामा नेपाली टोलीलाई बधाई दिनुभएको छ ।

उपराष्ट्रपति पुनका तर्फबाट प्रेस संयोजक मनोज घर्तीले सन्देश दिँदै नेपालको उत्कृष्ट प्रदर्शनले नेपालको क्रिकेटले आगामी दिनमा अझै उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा गर्नुभएको छ ।

उहाँले क्रिक्रेट टोली र प्रशिक्षक पनि बधाईको पात्र भएको उल्लेख गर्नुभएको छ । यसअघि शनिबार भएको खेलमा उपराष्ट्रपतिले प्रत्यक्ष रुपमा नै क्रिकेट मैदानमा पुगेर नेपाली टोलीको हौसला बढाउनुभएको थियो ।