पाँचथर समाज अस्ट्रेलियाको प्रथम भेला सम्पन्न

तक्दीर अधिकारी
सिड्नी । पाँचथर समाज अस्ट्रेलियाले प्रथम भेला तथा बाबिक्यु आयोजना ग-यो । उक्त भेलाले समाजको अध्यक्षमा कुमार खत्री निर्वाचित ग-यो । भेलाले खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिका अन्य पदाधिकारीमा उपाध्यक्ष दिपक निरौला, सचिव सुमन खतिवडा, सहसचिवमा सुजन न्यौपाने, कोषाध्यक्षमा शोभा श्रेष्ठ रहेका छन् ।

यसैगरी सदस्यहरुमा अनिल गुरुङ, सेमिहाङ लावती, लक्ष्मण लावती, राम सम्बाहाम्फे, रविन थापा र सुरेश तावा रहेका छन् ।
यसैगरी समाजको भिक्टोरिया संयोजकमा सरोज थापा, तास्मानिया संयोजकमा किरण तिमल्सिना, साउथ अस्ट्रेलिया संयोजकमा विनोद राई, क्वइन्सल्यान्ड संयोजकमा गणेश अधिकारी र आईटी संयोजकमा दिपेश् भट्टराई रहेका छन् ।समाजले दुईजनालाई सल्लाहकारमा मनोनित गरेको छ । किशोर थापा र घनेन्द्र फियाकलाई सल्लाहकारमा चयन गरेको हो ।
समाजले गत जुन २२ मा रकडेल एडी किचनमा परिचय कार्यक्रम आयोजना गरेको थियो भने सोही दिन अस्ट्रेलियामा बसोबास गर्ने पाँचथरेहरुको साझा संस्था पाँचथर समाजको स्थापना र उद्देश्यबारे सञ्चारकर्मीलाई जानकारी गराइएको थियो ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कुमार खत्रीले गरेका थिए भने दिपक निरौला, सल्लाहकार घनेन्द्र फियाक र किशोर थापालगायतले बोलेकका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष तथा एनआरएन अस्ट्रेलियाका अध्यक्षका उम्मेदवार दिनेश पोखरेल, नेपाल युथ फोरम अस्ट्रेलियाका सागर अधिकारी, एनआरएन अस्ट्रेलियाका सचिव तथा न्यु साउथवेलबाट उपाध्यक्षका उम्मेदवार देव गुरुङ, झापाली समाजका अध्यक्ष दिपक चुडाल, नेपाली कला साहित्य र संस्कृति समाजका अध्यक्ष सुजता बस्नेत, किरात खम्बुका प्रतिनिधि योगेन्द्र राई, मोना अस्ट्रेलियाका संयोजक मुक्ति रोक्का, गोर्खा नेप्लिज कम्युनिटी जीतमान लिम्बूलगायतको कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पाँचथर समाज राजनीतिभन्दा पनि सामाजिक काममा अघि बढ्न सुझाव दिए । पाँचथरवासीलाई समेटेर लैजाने उद्देश्यले समाजको गठन भएको सचिव सुमन खतिवडाले जानकारी दिए । जिल्लामा दैविक प्रकोप, आपत्तकालीन सहयोग गर्ने लक्ष्य समाजले लिएको जानकारी खतिवडाले दिए । अस्ट्रेलियामा रहेका विद्यार्थीलाई सहयोग गर्ने र विभिन्न संघसंस्थासँग हातमालो गर्दै अघि बढ्ने सचिव खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *