दक्षिणपश्चिम पाकिस्तानको उच्च अदालतका एक न्यायाधीस शनिबार बम आक्रमणबाट बच्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् । सो घटना बलुचिस्तान प्रान्तको नाअस्की जिल्लामा भएको छ । बलुचिस्तान उच्च अदालतका प्रमुख न्यायाधीस नूरमुहमद मुस्कान्जाई आफनो गृहनगर खरान जिल्लाबाट प्रान्तीय राजधानी क्वेटातर्फ फर्किरहेका बेलामा सो घटना भएको जनाइएको छ ।
नाअस्की पुलमा योजना गरिएको विस्फोटक पदार्थ प्रधान न्यायाधीस र उनका समूह सवार रहेका सवारी साधन पार गरिसकेपछि विस्फोटन भएको प्रान्तीय गृह सचिव अक्बर डुरानीले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।
प्रधान न्यायाधीस यस घटनाबाट बच्नुभएको पनि डुरानीले बताउनुभएको छ । स्थानीय प्रशासन प्रमुख अधिकारी काम्बर दास्तीले पनि यस घटनाको पुष्टि गर्नुभएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् ।
पाकिस्तानको प्रधान न्यायाधीस बम आक्रमणबाट बचे






