१०६ वर्षीया शताब्दी महिलाको निधन

पोखरा । पोखरा महानगपालिका वडा नं. २६ बुढीबजार निवासी शताब्दी महिला अनुरुपा वञ्जारा रानाभाटको शनिबार राति निधन भएको छ ।

कास्की जिल्लाको पोखरा–३१, वेगनास, सापकोटाथरमा १९७२ वैशाख १२ गते जन्मेकी वञ्जराको आफ्नै निवास पोखरा २६ बुढिवजारमा निधन भएको हो ।

उनका ९ छोराछोरीमध्ये अहिले एकजना छोरा ४ नाति १ नातिनी, ११ पनाति/पनातिना छन् । उनको सेती नदी किनारस्थित रामघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको पारिवारिक सदस्यले वताए ।