आहा रारा गोल्डकपको उपाधि थ्रीस्टारलाई

१३औँ आहा–रारा गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लवले जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा चिरपरिचित प्रतिस्पर्धी मनाङ्ग मस्र्याङ्दी क्लवलाई १-० ले पराजित गर्दै थ्रीस्टारले चौथो पटक यो प्रतियोगिताको उपाधि जितेको हो । खेलको २२ औं मिनेटमा सन्तोष साहुखलले गरेको गोल नै थ्रीस्टारलाई जिताउन निर्णायक गोल गर्‍यो । खेलमा तीन पटक उपाधि जितेको मनाङ्गले गोल गर्ने केही अवसर खेर फालेको थियो । थ्रीस्टारले समग्र उपाधि जित्ने कीर्तिमानमा समेत मनाङ्गलाई पछाडि धकेलेको छ । खेलको अन्त्यतिर दर्शकले मैदानमा पानीका बोलत फ्यालेपछि भने अन्तिम क्षण खल्लो बनेको थियो ।