तेक्वान्दो टोली हङकङ जाने

taekwondoकाठमाडौँ- हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली तेक्वान्दो टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

टप माउन्टेन तेक्वान्दो एकेडेमीको सातौँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको प्रतियोगितामा ‘सिनियर ब्लाक बेल्ट’तर्र्फ बब्लु सिवाकोटी र किरण श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै ‘जुनियर ब्लाकबेल्ट’मा राजन भण्डारी र ‘जुनियर बेल्ट पुम्से’मा मेलिसा खड्गीले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको नेतृत्व प्रशिक्षक मनोज खड्गीले गर्नुहुनेछ ।

यही फागुन १६ र १७ गते हुने प्रतियोगितामा नेपाल सहित एसियाका चीन, नेपाल, भारत, पाकिस्तान लगायतका१२ देशले भाग लिनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले आज टोलीलाई बिदाइ गर्नुभयो ।