
यु–२१ चेल्सी र लिभरपुलबीचको यस खेलबाट संकलित रकम चेल्सी फाउन्डेसनले वैशाख १२ मागोरखाको बारपाक केन्द्रबिन्दु भईगएको विनाशकारी भूकम्प पीडितको सहयोगार्थ राहत कोषमा जम्मा गर्ने जनाएको थियो। तर चेल्सी फाउन्डेसनले यस खेलबाट कति रकम संकलन भएको बारे केही खुलासा गरेको छैन।सहारा युकेसँगको सहकार्यमा भएको खेलको टिकट मूल्य तीन पाउन्ड राखिएको थियो भने बालबालिका लागि १ पाउन्डको टिकट तोकिएको थियो।


१६औं मिनेटमा पहिलो गोल गरेका सोलान्केले ७६औं मिनेटमा ह्याटि्रक पूरा गरेका थिए। उनले दोस्रो गोल २९औं मिनेट गरेका थिए। अर्को गोल एलेक्स कियोम्याले ३३औं मिनेटमा गरे। लिभरपुलबाट भने जेरोमी सिनक्लियर र कामेरुन ब्रानगनले गोल गरेका थिए। चेल्सी फाउन्डेसनले टिकट बाहेक अन्य दाताका लागि रंगशाला बाहिर पनि रकम संकलन बाकस राखेको थियो।







