आसफोर्ड केन्ट र उलवीचमा भूपू गोर्खा वयस्क आश्रितहरुको नीतिबारे परामर्श

Ashford kent Gorkha satya garaha 023 Ashford kent Gorkha satya garaha 021 Ashford kent Gorkha satya garaha 020 Ashford kent Gorkha satya garaha 019 Ashford kent Gorkha satya garaha 018 Ashford kent Gorkha satya garaha 017 Ashford kent Gorkha satya garaha 016 Ashford kent Gorkha satya garaha 015 Ashford kent Gorkha satya garaha 013 Ashford kent Gorkha satya garaha 012 Ashford kent Gorkha satya garaha 011 Ashford kent Gorkha satya garaha 010 Ashford kent Gorkha satya garaha 009 Ashford kent Gorkha satya garaha 007 Ashford kent Gorkha satya garaha 004 Ashford kent Gorkha satya garaha 001Gorkha wollwich 019Gorkha wollwich 006
शिव भण्डारी
आसफोर्ड केन्ट । भूपू गोर्खाहरुका १८ देखि ३० वर्ष सम्मका वयस्क आश्रितहरुको नयां नीतिबारे अवगत गराउन सोलिसिटर राजु थापासहित गोर्खा सत्याग्रह समितिको टोली आज आसफोर्ट केन्ट आइपुगेको छ ।
निशुल्क परामर्श दिन आयोजित उक्त कार्यक्रममा सोलिसिटर थापाले नयां नीतिका विभिन्न दश शर्त, यसका प्राविधिक तथा कानुनी जटिलता र अपनाउनुपर्ने सतर्कताबारे स्पष्ट पारे । कानुनवीद थापाले बेलायती नागरिकता लिइसकेकाले नयां नीति बमोजिम आवेदन दिन नमिल्ने समेत प्रष्ट्याए ।
कार्यक्रममा गोर्खा सत्याग्रह समितिका प्रमुख संयोजक कृष्ण राईले पनि नयां नियम, सत्याग्रह समितिका भावी कार्यक्रम आदिबारे अवगत गराएका थिए ।
कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर थापा, श्रीमति सम्झना थापासहित लिगल कन्सल्टेन्ट जुना पोते राणा, कोहिनुर जोशी, भूपू अगुवा पशुपति राई, लन्डन नेपाल न्यूजकी फोटोग्राफर जेनी भट्टराई, पत्रकार नवीन पोखरेल लगायत सयौं भूपू वृद्धवृद्धाको सहभागिता थियो ।
कार्यक्रम सत्याग्रह समितिका सन्तोष थलंगको संयोजनमा भएको हो ।

Gorkha wollwich 015

यसैबीच, सोलिसिटरसहित सत्याग्रहको टोली उलवीचस्थित साउथ लन्डन कलेजको हलमा समेत पुगेर सोही प्रकारको परामर्श कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा सहभागी उल्लेख्य भूपू वृद्धवृद्धाले आ आफ्ना जिज्ञासा राखेका थिए ।