प्रकाशलाई श्रद्धाञ्जली दिन लाजिम्पाट पुगे देउवा र ओली

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हृदयघातबाट आइतवार निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशलाई श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका छन् ।

मोरङबाट काठमाडौँ आएका ओलीले सिधै प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाशको तस्बिरमा श्रद्धाञ्जली दिए ।

त्यसक्रममा ओलीले दाहाल परिवारमा परेको शोकप्रति समवेदना प्रकट गर्दै दुःखको यो घडीमा आफ्नो साथ रहेको बताएका थिए ।

ओलीसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र विष्णु रिमाल पनि श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका थिए ।

सभापति देउवा पनि लाजिम्पाटमा

त्यसैगरी डडेलधुराबाट काठमाडौँ आइपुगेका प्रधामन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रकाशलाई श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका छन् ।

ओली भन्दा पछाडि लाजिम्पाट पुगेका देउवासँग वामका दुवै नेताको भेट पनि भएको थियो । भेटका क्रममा उनीहरुबीच चुनावी सुरक्षाबारे छोटो कुराकानी भएको थियो ।