बेलायतको ग्रन्थम नेपाली समाजमा किशोर लामिछाने बने अध्यक्ष, अरु को को आए समितिमा ?

लण्डन 

मिडल्याण्डको लिंकन सायरको सुन्दर सिटी ग्रन्थममा बस्ने नेपालीहरूको सामाजिक संस्था ग्रन्थम नेपाली समाजको अध्यक्षमा समाजका पूर्व उपाध्यक्ष किशोर लामिछाने निर्विरोध अध्यक्षमा निर्वाचन भएका छन् । बेलायतमा सामजिक अभियन्ताका रुपमा चिनिने किशोर लामिछाने एन आर एन युकेका सल्लाहाकार, साझा नेपाली समाजका प्रबक्ता र ग्रान्थम  नेपाली समाजका निवर्तमान उपाध्यक्ष पनि हुन् ।

यसैगरी समाजको हिजो सम्पन्न पहिलो अधिवेशनबाट उपाध्यक्षमा विष्णु अर्याल,सचिबमा कमल बस्याल, कोषाध्यक्षमा  उत्सव कणेल र   सदस्यहरुमा  शरद  दाहाल र  जय आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

समाजको नयॉं कार्यसमिति चयन गर्न समाजका सल्लाहाकार एन आर एन  अभियन्ता तथा समाजसेबी श्री कमल भन्डारीको संयोजकमा  क्रमश सदस्यहरु नेपाली जनसम्पर्क समिती मिडल्यान्डका अध्यक्ष श्री नारायण आचार्य, जनसम्पर्क समिती  युकेका  पूर्व महामन्त्री श्री शिब तिमील्सिना,  एन आर एन का  सस्थापक कोषाध्यक्ष तथा साझा नेपाली समाज युकेका सस्थापक अध्यक्ष श्री  शंकर  भण्डारी , तमु धि युकेका पूर्व महासचिब तथा  चितवन एड ट्रस्ट युकेका पूर्व अध्यक्ष  श्री कृष्ण गुरुङ, सस्थाकै  सस्थापक अध्यक्ष श्री देबी लाल गैरे र सामाजिक अभियन्ता  श्री रामु कंडेल रहेको ७ सदस्य  निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन समितिको पहलमा अध्यक्षमा अर्का आकान्क्षी समाजका सक्रिय सदस्य एवं साझा नेपाली समाजका वर्तमान कोषाध्यक्ष उपेंद्र पौडेलले सहमतिको लागि किशोर लामिछानेलाई छोडिदिए पछि  अध्यक्षमा लामिछाने सर्वसम्मत चयन भएका हुन् ।

समाजका अध्यक्ष देव बाडाको अध्यक्षतामा सचिब यमु कणेल संचालन गर्नु भएकोअधिवेशनमा  नेपालबाट आउनु भएका बुवा आमाहरुले संयुक्त रुपमा  पानसमा  बत्ती बालेर उदघाटन गर्नु भएको  थियो। नेपाली रास्ट्रीय गित बजाएर शुभारम्भ गरिएको अधिवेशनमा  सस्थाका निवर्तमान उपाध्यक्ष  किशोर लामिछानेले स्वागत मन्तब्य ब्यक्त गर्नुभए थियो। सस्थाका सस्थापक सदस्य श्री सागर कंडेलको हालैअसामयिक निधनमा मृत आत्मको चीर शान्तिको  कामना गर्दै  एक मिनेट मौन धारण गरिएको थियो ।

गत २०२१ / २०२३ कार्यकालको आर्थीक बिबरण निवर्तमान कोषाध्यक्ष  श्री बिष्णु अर्यालले प्रस्तुत गर्नु भएको थियो भने,  २०२१ /  २०२३ को प्रगती बिबरण सचिब श्री यमु कंडेलले प्रस्तुत गर्नु भएको थियो !

यसै बिच एक सम्मान कार्यक्रमपनि आयोजन गरिएको थियो ! नेपाली  साना  बाबुनानीहरुको  लागी नेपाली भाषा कक्षा सन्चालन गरी  सम्योजकको भूमिका निर्बाह गर्नुहुने  सम्योजक श्री उपेन्द्र  पौडेल र स्वयमसेबि शिक्षिकाहरु मिरा प्रसाइ, शारदा ढकाल, प्रबिना नेपाल र पुष्पा पौडेललाई खादा लगाएर सम्मान  गरिएको थियो ! त्यस्तै  हालै मात्र युनिभर्सिटी र  GCSC अध्ययन पुरा गरी सकेका बिध्यार्थिहरुलाई पनि  गिफ्ट भाउचर र खादा लगाएर  सम्मान  गरिएको थियो र  नेपालबाट आउनु भएका बुवाआमाहरुलाई पनि  युके भ्रमण सुखमय रहोस को कामना गर्दै खादा लगाएर  सम्मम्म गरिएको  थियो 

समाजको पहिलो अधिवेशनको बन्द सत्रमा बिधान समितीका सम्योजक श्री शिब तिमील्सिनाले बिधान सम्सोधनको प्रस्ताब पेश गर्दै केहि बुदाहरु लाई सम्सोधन गराइ सर्बसहमतबाट बिधान पारित गरिएको थियो ।

ग्रन्थमको रेलवे कल्वको सभाहलमा सम्पन्न अधिवेशन पछि समाजकै पहलमा   तिजको कार्यक्रम रखिएको  थियो ।नेपाली हिन्दू  नारी हरु को  बिशेष पर्ब भएको ले शुभकामना आदान प्रदान, दर खुवाउने र   राती अबेर सम्म  नाचगान गरी  रमाइलोसँग  सस्था को  प्रथम अधिबेशन र हरी तालिका तीज कार्यक्रम सु सम्पन्न  भएको  थियो