रास्वपा नेपाली सम्पर्क मञ्च-बेल्जियमको प्रमुखमा कृष्ण दाहाल निर्वाचित,अरु को को आए ?

लण्डन ।  राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क मंच बेल्जियमको पहिलो ऐतिहासिक अधिबेशन सम्पन्न गरिएको छ ।

२० फेब्रुअरी २०२४ मंगलबारका दिन श्री कृष्ण दाहालज्यू को संयोजकत्वमा स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच बेल्जियमका उपस्थित पदाधिकारी तथा सल्लाहकारहरुको बैठकले नया जारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग संचालन कार्यबिधि २०८० कार्यविधि बमोजिम स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच – बेल्जियमको अधिबेशन गर्नेको लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

उक्त निर्वाचन समितिको संयोजकमा श्री प्रकाश कार्की ज्यु र सदस्यहरुमा श्री डिल्लीराम भण्डारी ज्यु र श्री माधब सापकोटा ज्यु रहनु भएको थियो।
सोहि निर्णय अनुसार स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच – बेल्जियमको अधिबेशन सोमबार १८ मार्च २०२४ बेल्जियमको नोनोभमा सुसम्पन्न भएको छ। यस अधिबेशन केन्द्रिय प्रतिनिधि राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय स्वतन्त्र प्रवास नेपाली सम्पर्क बिभागका सचिव श्री पदम राज पन्थी ज्यु तथा राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय स्वतन्त्र प्रवास नेपाली सम्पर्क बिभागका सदस्य (युरोप जिम्मेवारी पाउनु भएका) श्री तोया राज अधिकारीज्युको भर्चुअल उपस्तिथीमा सम्पन्न भएको छ।

अधिबेशन खुला र बन्द सत्र गरि दुइ चरणमा सम्पन्न भएको छ । पहिलो सत्रको संयोजकत्व स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच – बेल्जियम तदर्श समितिका संयोजक श्री कृष्ण दाहालज्यूले गर्नु भएको थियो।

खुला सत्रमा स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच बेल्जियम तदर्श समितिका उप-संयोजक श्री रमेश कंडेलज्यूले स्वागत मन्तब्य दिनु भएको थियो भने केन्द्रिय प्रतिनिधिहरु तथा पत्रकार राजेन्द्र भट्टज्युले शुभकामान मन्तब्य दिनु भएको थियो।

बन्द सत्रमामा निर्वाचन समितिका संयोजक श्री प्रकाश कार्की ज्युले निर्वाचन सम्बन्धि जानकारी गराउदै, सबै पदमा निर्बोरोध रहेको जानकारी पनि गराउनु भयो। भेलाले भौतिक र भर्चुअल रुपमा उपस्थित स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच – बेल्जियमक सदस्य हरुको सर्व सम्मतिमा कृष्ण दाहालज्यूको संयोजकत्वमा निम्न लिखित स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच – बेल्जियम समिति गठन गरेको छ।

यस्तो छ नयां कार्यसमिति

प्रमुख: श्री कृष्ण दाहाल
उप–प्रमुख: श्री रमेश कंडेल
सचिबः श्री डा. गोकर्ण पाण्डेय
कोष नियन्त्रक: श्री अर्जुन घिमिरे
सदस्य : श्री याम निरौला
सदस्यः श्री सुनिता गुरुङ्ग
सदस्यः श्री घनश्याम काफ्ले
सदस्यः श्री दिपक न्यौपाने
सदस्यः श्री सुन्दर पौडेल
सदस्यः श्री हरि रोका
सदस्यः श्री कृष्ण क्षेत्रि

समिति को घोषणा पछि राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय स्वतन्त्र प्रवास नेपाली सम्पर्क बिभागका सदस्य (युरोप जिमेवारी पाउनु भएका) श्री तोया राज अधिकारीज्युले शपथ ग्रहण गराउनु भएको थियो ।

श्री कृष्ण दाहालज्यू को संयोजकत्वमा बसेको स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच – बेल्जियमको पहिलो बैठकले निम्न लिखित सल्लाहकरहरु मनोनित गरेको छ।

सल्लाहकरहरु:
श्री ब्रम्हदत्त वाग्ले
श्री प्रकाश कार्की
श्री डिल्लीराम भण्डारी
श्री अर्जुन दाहाल
श्री माधब सापकोटा
श्री शिव रेग्मी
श्री कृष्ण न्यौपाने
श्री मोहन राउत
श्री सी पी भट्ट