काँग्रेस केन्द्रीय समिति बैठक– ‘टिकट लिलामीमा राखियो’

sfFu|]; s]Gb|Lo sfo{ ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf z'qmaf/ z'? ePsf] s]Gb|Lo sfo{ ;ldltsf] a}7sdf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, dxfdGqL 8f zzf+s sf]O/fnfnufot kbflwsf/L tyf s]Gb|Lo ;b:ox? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– नेपाली काँग्रेसको जारी केन्द्रिय समितीको वैठकमा निर्वाचनको समयमा टिकटलाई लिलामीमा राखिएको भन्दै नेतृत्वको आलोचना भएको छ । पाँच दिन अघिदेखि जारी वैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरुले निर्वाचनको समयमा टिकट वितरणका क्रममा लिलामी गरिएको भन्दै आपत्ती जनाएका हुन् ।

केन्द्रीय सदस्य धनराज गुरुङले सक्षमलाई भन्दा पैसावाललाई टिकट वितरण गरिएको बताए । लिलामीमा राखिएका टिकट उपर न्यायिक छानविन हुनुपर्ने माग उनले गरेका छन् । गुरुङले टिकट विरतरणका क्रममा अर्का नेता रामचन्द्र पौडेललको पनि दोष रहेको बताए । निर्वाचनमा पराजय पश्चात संसदीय बोर्ड विधान विपरित भएको ज्ञान भएका पौडेलले अघि किन भन्न नसकेको भन्दै गुरुङलाई प्रश्न गरेका थिए ।

अर्का नेता डा.रामशरण महतले टिकट वितरण प्रक्रियाको छानविन हुनुपर्ने बताए । महतले काँग्रेसले १२ अर्बको बजेटलाई १२ सय अर्ब पुर्याएको जस लिन नसकको बताए । नेता मिनेन्द्र रिजालले सहकार्य गरिरहेको माओवादी केन्द्रसँगको गठबन्धन टुट्दा नेपाली काँग्रेसलाई भएको सिट क्षतिलाई तथ्यसहित प्रस्तुत गरेका थिए । आजको बैठकमा बद्रि पाण्डे र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पनि आफ्ना धारणा राखेका थिए । बैठक जारी छ ।