निर्वाचित जनप्रतिनिधिकै मत बदर !

खोटाङ– खोटाङको लामिडाडाँ गाउँ कार्यपालिकाका लागि गरिएको निर्बाचनमा निर्बाचित जनप्रतिनिधीकै मत बदर भएको पाईएको छ । कार्यपालिकाको अल्पसंख्यक तथा महिला प्रतिनिधीको लागि सोमबार सम्पन्न निर्बाचनको अल्पसंख्यकको मत गणना गर्ने क्रममा एक मत बदर भएको पाईएको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारी दिएको उक्त कार्यपालिकाका लागि अल्पसंख्यकको धर्मबहादुर परियार र रिजन भुजेल निर्बाचित भएका छन् ।

कांग्रेसका उम्मेदवारले ९÷९ मत ल्याएका थिए भने एमालेले १८÷१८ मत प्राप्त गरेका थिए । यस्तै महिलामा पनि एमालेकै निर्मला बिक, लक्ष्मीदेबी पाण्डे, बलमायाँ राई र पुण्यकुमारी राई निर्बाचित भएका छन् । महिलामा कांग्रेसले १०÷१० मत र एमालेले १८÷१८ मत प्राप्त गरी बिजयी भएको जिल्ला निर्बाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए ।
जिल्लामा सम्पन्न स्थानीय तहको निर्बाचनमा ८ दशमलब ३ प्रतिशत मत बदर भएको थियो ।