सागर आलेको लन्डन प्रस्तुतिबारे के-भन्छन् ,मगर संघ यूकेका अध्यक्ष ? [भिडियो सहित]

लन्डन– पहिलो नेपाल आइडलका चार जना उत्कृष्ट गायक गायिका फर्केलगत्तै टप ४ प्रतियोगी सागर आले बेलायत आउने भएका छन् ।

आउँदो डिसेम्बर १ देखि ३ तारिखसम्म क्रमश अल्डरसट, फोक्सटन र लण्डनमा हुने लाइभ प्रस्तुतिका लागि आले यूके आउन लागेका हुन् ।

सार्दा गुरुङ, ज्योति थापा, ईन्द्र आले, रुक राना लगायतको आयोजनामा हुन लागेको कार्यक्रमका लागि सागर संगै पोखराको बिग एफ गायन प्रतियोगिता विजेता साजन आले र लोकदोहोरी गायिका ईन्द्रकुमारी गुरुङ पनि बेलायत आउने भएका छन् ।

लन्डन नेपाल न्यूज डट कमसँगको भिडियो संवाद गर्दै मगर संघ यूकेका अध्यक्ष नेम थापामगरले भने मगर संघ यूकेले बेलायतमा हुने सागरका कार्यक्रमलाई बहिष्कार गर्ने भन्ने हल्ला साँचो नरहेको स्पष्ट पारेका छन् । आलेलाई नेपाल आइडल बनाउन संघले सुरुदेखि नै सहयोग गरेको दाबी गर्दै संघले निम्तो दिए पनि अन्य व्यक्तिको निमन्त्रणामा आले यूके आउने भएपछि ‘यो कार्यक्रम आयोजना गर्नुमा हाम्रो संलग्नता छैन भनेका हौं, सागर आलेको कार्यक्रम बहिष्कार गर्ने भनेर भनेका छैनौं ।
मगर संघ यूकेका अध्यक्ष नेम थापामगर, आयोजक मध्येका एक सार्दा गुरुङ,एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहा मगर लगायत मगरसंघ यूकेको कार्यालयमा आकस्मिक बसेको बैठकले कार्यक्रमलाई सफल बनाउन अपिलसमेत गरेका छन् ।

यसै बीच कार्यक्रमको लागि सघाइरहेका एनआरएन यूके युवा संयोजक एलबिजेड गुरुङले कार्यक्रममा उत्साहजनक सहभागिताका आफन्तजन साथीभाई सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्  ।