चितवन– सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कार्वाही गर्न आफुले नरोक्ने बताए ।
अध्यक्ष प्रचण्डले घरबेटी शारदा अधिकारीले लिएको ठेक्काको काममा पनि लापरबाही भईरहेको गुनासो आईरहेको छ ।
प्रचण्डले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कार्वाही हुने स्पष्ट पारेका हुन् ।
मंगलबार चितवनस्थित भरतपुर विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै प्रचण्डले ठेकेदारमाथि कार्वाहीको विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफूले निर्देशन दिएको भन्ने समाचारमा सत्यता नरहेको दावी समेत गरे ।
प्रचण्डले मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न र विकास तथा समृद्धिको एजेन्डालाई नयाँ संकल्पका साथ अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि सरकारमा ल्याउने प्रयास भईरहेको पनि स्पष्ट पारेका छन् ।






