लण्डन । लोक दोहोरी गायिका मन्जु पौडेलको दशै विशेष गीत ‘आयो दशैं ‘सार्वजनिक भएको छ ।
संगीत क्षेत्रका अब्बल दुई श्रष्टा मन्जु पौडेल र लोकनाथ सापकोटाको स्वरमा सजिएको यो गीत हिन्दुहरूको महानपर्व बडा दशैको अवसरमा नेपाल र विदेशमा बस्ने नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान गर्न गीत सङ्गीतको भिडमा यो फरक तर मौलिक गीत बनाएको गायिका पौडेलले बताईन् ।
दुर्गा पौडेलको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन ।
भिडियोमा मन्जु पौडेल , लोकनाथ सापकोटा छन् भने अरु दर्जन बढिको अभिनय छ ।






