काठमाडौं, लभर ब्याइ हिरोको रुपमा चर्चा कमायका चकलेटि अभिनेता आर्यन सिग्देल र अहिलेकी डिमान्डेड अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘कायरा’ रिलिज भएको एक हप्ता पुरा भैसकेकोछ। साउने झरी र सुस्ताएको चलचित्र ब्यापारको मारमा रिलिज भयको चलचित्र ‘कायरा’ले यो बर्ष भरिको सर्वाधिक ओपनिंङ्ग व्यापार गर्ने चलचित्रको रेकर्ड बनाएकोछ। आर्यन सिग्देलकै कथा रहेको यस चलचित्रमा स्क्रिन प्ले र डाइलग केदार भुषालको रहेकोछ भने निर्माता तथा निर्देशक लक्ष्मण रिजाल हुन्।
लभस्टोरी मनपराउँने दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको चलचित्र कायरामा आर्यन र साम्राज्ञीका अलावा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ । बनिष शाह र मिलन श्रेष्ठले सम्पादन तथा कोशिश क्षेत्री,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गितमा प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा हुन् भने चलचित्रमा शिवराम श्रेष्ठको छायंकन रहेकोछ ।
नेपालभरी नै चलचित्रको बितरणको जिम्मा लिएका बितरक सुनिल मानन्धर चलचित्रको ब्यापारबाट निकै नै उत्साहित देखिन्छन् । सिंगल स्क्रिनमा भन्दा फिल्म हेर्न मल्टिप्लेक्समा दर्शकहरु ओहिरिएको बताउंदै निर्देशक रिजालले स्तरिय चलचित्र निर्माण गर्दा दर्शकको मन जित्न सकिने बिश्वास एक कुराकानिकोक्रममा ब्यक्त गरेका छन् । पहिलो हप्ताको सफल प्रदर्शन पछि आजबाट चलचित्र ‘कायरा’ दर्शकको उल्लेखनिय उपस्थितिका साथ प्रदर्शनिमा आईरहेको छ ।
‘कायरा’ दर्शकको रोजाईमा,दोश्रो हप्ताको शुरुवात उत्साहजनकः-






