काठमाडौं । ‘रातो गुन्यौ चोली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
केहरसिंह प्यासी र मुना थापाको स्वरमा समेटिएको गीतको म्युजिक भिडियोमा विक्रम चौहान र करिष्मा ढकालले अभिनय गरेका छन् ।
रातो गुन्यौ चोली गीतका शब्द समेत केहरसिंह प्यासीका हुन् । गीतमा ऋषि खड्काले लय दिएका छन् भने म्युजिक भिडियोको निर्देशन विक्रम चौहान स्वयम्ले गरेका छन् ।
मिलन विकले छायांकन गरेको म्युजिक भिडियोको बजार व्यवस्थापन भने सप्तऋषि म्युजिक प्रालिले गरेको छ ।






