यसवर्षको ’नेपाल एम्बासी कप २०२२’ को उपाधि युनाईटेड फुटबल क्लवलाई

सिड्नी । अस्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल एम्बासी कप २०२२’ सम्पन्न भएको छ । क्यानबेरा स्थित क्यानबेरा नेप्लिज फुटबल क्लवको आयोजनामा १७ सेप्टेम्बरमा अस्ट्रेलियन ईन्स्टिच्यूट अफ स्पोर्टसको फुटबल मैदानमा सम्पन्न भएको हो ।

उक्त फुटबल खेलमा युनाईटेड फुटवल क्लवले सेन्ट जर्ज नेपाली फुटवल क्लवलाई हराउँदै प्रतियोगितामा जीत हासिल गरेको छ । उपाधी जित्न सफल युनाईटेड फुटबलले ४ हजार अस्ट्रेलियन डलर सहित शिल्ड र मेडल हात पारेको छ ।

भने सेन्ट जर्ज नेपाली फुटबल उपविजेता बनेको छ । उपविजेता बनेको सेन्ट जर्जले २ हजार अस्ट्रेलियन लडर शिल्ड र प्रमाण पत्र हात पारेको छ ।

लिग कक नक आउट सिस्टममा खेलाईएको उक्त खेलमा सेन्ट जर्ज नेपाली क्लवका शिव गिरी उत्कृष्ट डिफेन्डर घोषित भए त्यस्तै उत्कृष्ट मिडफिल्डरतर्फ युनाइटेड एफसी मेलबर्नका सन्तोष तामाङ, उत्कृष्ट किपरतर्फ युएफसीका विवेक अधिकार, सर्वोत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडी युएफसीका दर्शन गुरुङ बन्न सफल भए ।

प्रतियोगिताको समापन समारोहमा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने आयोजक क्यानबेरा नेप्लिज फुटबल क्लवका अध्यक्ष सुरज पौडेलको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्व अध्यक्ष आशिष सापकोटाले गरेका थिए । भने कार्यक्रम अवधिभर स्वयंसेवक भुमिका क्लवका चुडामनी सापकोटा,  सुलभ पोख्रेल, नवीन दाहाल, भविन्द्र तिलिजा लगायतका समुदायका सदस्यहरुले निर्वाह गरेका थिए । कार्यक्रमको अन्य व्यवस्थापनको भूमिका क्लबका सचिव प्रधुम्न दाहालले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष गुरुङले खेल सम्पन्न सहयोग गर्ने सम्पूणर् प्रायोजक, स्वयंसेवक, खेलाडीहरू तथा अतिथिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।