काठमाडौं । नेपालमा पहिलोपल्ट ४० जना भन्दा बढी चर्चित नेपाली कलाकारहरु क्याटवक गर्नेछन् । यही पुष १४ गते काठमाडौँस्थित दरबार मार्गको अन्नपूर्ण होटलमा ‘डि सेलिबे्रटी रन–वे ’ हुने भएको छ । कार्यक्रममा चलचित्र क्षेत्रका नयाँ र पुराना अनुहारहरु एकसाथ र्याम्पमा उत्रिन लागेका हुन् ।
पुनम इन्टरटेन्मेण्ट र अभिनेत्री गौरी मल्लले संयुक्त आयोजना गर्न लागिएको रनवेमा भुवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपकराज गिरी र दीपाश्री निरौली, नाजीर हुसेन, सृष्टी श्रेष्ठ, सरोज खनाल, भुवन चन्द, चैत्य देवी, बर्षा राउत, स्वेता खड्का, सञ्चिता लुइँटेल, अनुभव रेग्मी, ऋचा शर्मा, धिरेन शाक्य, सुरक्षा पन्त, पुष्पल खड्कालगायतका ४० जना कलाकार र १० जना मोडलहरु क्याटवक गर्नेछन् ।
कार्यक्रमलाई विश्वव्यापी फेशनमा चर्चित वर्ल्ड फेशन परेडले मान्यता दिँदै सहकार्य गरेको कार्यक्रम संयोजक समिर धौगोडाले बताए । रनवेमा चर्चित भारतीय डिजाईनर विशाल कपूरलगायतले आफ्ना अलौकिक डिजाईनरहरुको प्रस्तुति दिनेछन् ।






