लन्डन । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक प्रकाश कटुवालले यस पटक भने तीज गीतमा ब्यस्त देखिएका छन् । “जवानीको तिर्खा “बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन ।
उक्त गीतमा सुमधुर आवाजका धनि गायक प्रकाश कटुवाल र स्मृति गौतमको आवाज रहेको छ भने लय /शब्द गायक कटुवालको नै छ ।
यसैगरि उक्त गीतमा रीया श्रेष्ठ र गायक कटुवालले अभिनय गरेका छन् ।
राजेश घिमिरेको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोलाई शंकर बि .सि .ले निर्देशन गरेका हुन ।
गायक कटुवालले दर्जनौं चर्चित लोक तथा दोहोरी गीत गाईसकेका छन् । चोरबिरालो पल्क्यो, यो रक्सीको गन्ध,साडे गोरु ,ढाडे बिरालो लगायतका गीतहरु निकै चर्चाको शिखरमा छन् ।
बिगतका गित झै यो गीतलाइ पनि दर्शक श्रोताले मन पराउनेमा आफू बिश्वस्त भएको गायक कटुवालले बताए ।






