प्रतिमा केसीको अध्यक्ष्यतामा प्रबासी नेपाली मञ्च रेडिंग कमिटि गठन

लण्डन । प्रबासी नेपाली मञ्च बेलायत अन्तर्गत रेडिंग इलाका कमिटिको चौथो अधिबेशन तथा बार्षिक पारिबारिक भेटघाट एक भब्य समारोह बीच रेडिंगको थेम्स भ्याली पार्कमा सम्पन्न भएको छ ।19340122_10213563004931381_589216121_o

अधिबेशनले प्रतिमा केसीको अध्यक्ष्यतामा २२ सदस्यीय इलाका कमिटि चयन गरेको छ। कमिटिमा उपाध्यक्ष्य नारायण कंडेल र सचिब कृष्ण आचार्य चयन भएका छन भने सल्लाहकारहरुमा प्रा. नारायण गुरुङ तथा डा. त्रिलोचन उप्रेती रहेको कुरा निर्बाचन कमिटिका सदस्य डा. कृष्ण रेग्मीले बताएका छन ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रबासी नेपाली मंचका अध्यक्ष्य राम शरण सिम्खडाले रेडिंग इलाका कमिटिको अधिबेशन सफलताको कामना गर्दै निबर्तमान कमिटिको प्रशंसा गरेका थिए।19397735_10213563005531396_1944064887_n

 

आफ्नो शुभकामना मन्तब्यमा रेडिंग बौद्दिक नेपालीहरुको जमात रहेको उर्बर ठाउँ हो आगामी दिनमा यस कमिटीमा यस क्षेत्रका अधिकांश नेपालीहरु समेटिएको देख्न पाइयोस भन्ने शुभकामना दिएका थिए । कार्यक्रममा प्रबासी नेपाली मंच बेलायतका प्रचार बिभाग प्रमुख कुमार केसी, सल्लाहकार द्वय कृष्ण भट्टराई तथा राजेन्द्र पुडासैनी, मंचका पुर्ब सचिब नारद भण्डारी, सदस्यद्वय डिल्ली घिमिरे र प्रतिमा केसी अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा प्रबासी नेपाली मंचका सुभेच्छुक तथा सदस्यहरु गरी करिब १५० जनाको सहभागी रहेको कुरा नवनिर्बाचित सचिब कृष्ण आचार्यले बताएका छन । कार्यक्रममा रेडिंग क्षेत्रका रहेका बिभिन्न क्षेत्र तथा समुदायका सदस्यले प्रबासी नेपाली मंचको नयाँ सदस्यता लिएका थिए । नयाँ सदस्यता लिनुहुने हरुमा डा. दामोदर पन्त, सानु पन्त, सीता लामिछाने, शारदा रेग्मी, टेक बहादुर गुरुङ, करम गुरुङ र सरस्वोती खनाल रहेको कुरा प्रबासी नेपाली मंचका प्रचार बिभाग प्रमुख कुमार केसीले बताए ।

पहिलो चरणको कार्यक्रमको संचालन रेडिंग इलाका कमिटिका उपाध्यक्ष्य भीमसेन खड्काले र अध्यक्ष्यता कमिटिका अध्यक्ष सुबास दाहालले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम प्रबासी नेपाली मंचका अध्यक्ष्य राम शरण सिम्खडा, डा. बिष्णु घिमिरे र डा. कृष्ण रेग्मी रहेको तीन सदस्यीय निर्बाचन मण्डलले गरेको थियो । पारिबारिक भेटघाट तथा बार्बरक्यु पार्टी सहित गरिएको थियो कार्यक्रमको अन्तमा बिभिन्न गीत, गजल तथा मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

प्रबासी नेपाली मंचको उक्त अधिबेसन शुरु हुनु पुर्ब पुर्बी रेडिंग निर्बाचन क्षेत्रबाट लेबर पार्टीबाट बेलायतको हाउस अफ कमन्सका सांसद म्याट रोडासंग नेपाली समुदायका समसामयिक बिषयमा एक अनौपचारिक अन्तरक्रिया तथा परिचय कार्यक्रम समेत गरिएको थियो ।