अत्याधुनिक हतियारसहित बागबजारमा दुईजना पक्राउ

काठमाडौँ, २५ पुस । सशस्त्र प्रहरी बलको विशेष टोलीले काठमाडौँको बागबजारबाट आज अत्याधुनिक हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी जिल्लाको महेन्द्रनगर गाविस–८ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २५ वर्षीय सागर थापा र रौतहट जिल्लाको रङ्गपुर गाविस–५ घर भई काठमाडौँ बागबजार बस्ने २८ वर्षीय युवराज तिमल्सिना क्षेत्री छन् ।CIMG1123

उनीहरुलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले इटालियन पेस्तोल एक थान, नाइन एमएम पेस्तोल एक थान तथा सोको एक राउन्ड गोली र एउटा म्याग्जिनसहित पक्राउ गरेको हो ।

बरामद दुवै पेस्तोल अटोमेटिक हुन् । दुईवटामध्ये नाइन एमएम पेस्तोल भने लोड रहेको अवस्थामा पाइएको थियो ।

विशेष सूचनाका आधारमा एपिएफ टोलीले निजहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र म्याग्जिनसहितै आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाइएको छ । राससCIMG1120