
काठमाडौं २६ असाेज : प्रधानमन्त्री केपी ओलीले मंगलबार अमेरिकी राजदुत अलाइना टेपलिजलाई भेटे।
यदि भेटघाट भवन बाहिर भएको भए कालो चस्मा लगाउनुलाई सामान्य रुपमा अर्थ्याउन सकिन्थ्यो। तर भित्री कक्षमा भएको भेटमा उनले किन लगाए कालो चस्मा?
यसको कारण हो, ओलीको आँखामा आएको आनो।
दाहिने आँखामा आनो आएपछि प्रधानमन्त्रीले राजदुतसँगको भेटमा कालो चस्मा लगाउनुपरेको हो।
केही दिन अघि प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्न जाँदा भने उनले कालो चस्मा लगाएका थिएनन्। उम्मेदवारी दर्ताका क्रममा खिचिएका फोटामा ओलीको आँखामा आनो स्पष्ट देख्न सकिन्छ। दुई फोटोमा नियालेर हेर्नुस्ः








