दोस्रो गुल्मी महोत्सवमा ८२ वटा भन्दा वढी स्टल बुकिङ्ग

 गगनशिला खड्का

गुल्मी १९ माघ । आगामी २२ फाल्गुन देखि ३० गते सम्म गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न हुन लागेको दोस्रो गुल्मी महोत्सवमा ८२ वठा स्टल बुकिङ्ग भैसकेका छन् ।

स्टल संयोजक तथा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले ८२ स्टल बुकिङ्ग भएको जानकारी दिए । गुल्मीको सदरमुकाम तम्घास स्थित चिदिचौरमा सम्पन्न हुने महोत्सवमा १ सय ५० स्टल रहने स्टल संयोजक भुसालले जानकारी दिएका हुन् । उनका अनुसार हाल सम्म ८२ वटा स्टल बुकिङ्ग भैसकेको र अन्य बुकिङ्ग जारी रहेका छन् । महोत्सवमा करीब ५ करोड भन्दा वढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको संयोजक भुसालले बताए । प्रथम गुल्मी महोत्सवमा १ सय २० स्टलहरु रहेका थिए भने ६ करोड भन्दा बढीको आर्थिक कारोवार भएको थियो । महोत्सवमा गुल्मीमा उत्पादन हुने सम्पूर्ण कृषिजन्य सामग्री, स्थानीय भेषभुसा, स्थानीय परिकार गुल्मीमा उत्पाद हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका साथ महोत्सवमा राख्ने तयारी भएको सगै अन्य औधोगित सामाग्रीहरु पनि राखिने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव एबं दोस्रो गुल्मी महोत्सव मुल आयोजक सचिवालय संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।

महोत्सवमा जिल्लाका पञ्चैबाजा, भजन कृतन, ख्याली, सोरठी, झ्याउरे, सालैजो, कर्खा, वाली लगायतका सांस्कृतिक पहिचानलाई समेत महोत्सवमा देखाईने बताईएको छ । महोत्सव सफल बनाउन अहिले बिभिन्न समितीहरुले जिल्ला र जिल्ला बहिरा आफ्ना गतिबिधीलाई तिब्र पारिरहेका छन । दोस्रो गुल्मी महोत्सव आर्थिक समितीका संयोजक तथा निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीका अनुसार समितीले गुल्मी जिल्ला र जिल्ला बाहिर बुटवल र काठमाडौमा आर्थिक संकलन अभियान सन्तोष जनक रहेकाले महोत्सव सफल हुने विश्वास छ । दोस्रो गुल्मी महोत्सवमा थप आकर्षण गर्नको लागी हेलिकप्टरको ब्यावस्था मिलाउनको लागी तयारी भैरहेको पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । गुल्मी जिल्लाको समग्र बिकासको आधार धार्मिक स्थलहरुको पर्बद्धन पर्यटन कृषि उद्योग र ब्यापार भन्ने नाराका साथ २०६८ बैशाखमा प्रथम गुल्मी महोत्सव भएको थियो । पहिलो महोत्सवको झण्डै ३ वर्ष पछि गुल्मी जिल्लामा दोश्रो महोत्सव हुन लागेको हो । महोत्सवले समग्र गुल्मी जिल्लाको धर्मिक स्थालहरुको प्रवद्र्धन, कृषि उद्योगहरुको प्रचार प्रसार सगै गुल्मी जिल्लामा पर्यटन प्रवद्र्धन गर्नको लागी गुल्मी महोत्सवको आयोजना गरिएको बाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले वताए ।