ट्र्याक्टरले ठक्कर दिँदा जन्ती गएका युवकको मृत्यु

भीमदत्तनगर, माघ १९ – जन्ती बोकेको ट्र्याक्टरले ठक्कर दिँदा कञ्चनपुरको देखतभुली गाविस–३ जाईका स्थानीय शौला रानाको गएराति निधन भएको छ ।

से१त ५११० नम्बरको जन्ती बोकेको ट्र्याक्टरले बाटोमा हिँडिरहेका रानालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक वासुदेव अवस्थीले बताए। उनका अनुसार मृतक राना पनि सोही विवाहमा जन्ती गएका थिए ।