गुल्मी महोत्सवमा कृषि र पर्यटन प्राथमिकतामा

गुल्मी जिल्लाको समग्र विकासको आधार, कृषि पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ हुन लागेको दोस्रो गुल्मी महोत्सवमा कृषि र पर्यटन पहिलो प्राथमिकता रहेका छन् । आगामी २२ देखि ३० फागुनसम्म जिल्ला सदरमुकाम तम्घासमा हुन लागेको दोस्रो गुल्मी महोत्सवमा कृषि र पर्यटन पहिलो प्राथमिकतामा रहेको बताइएको छ ।

महोत्सवका लागि गठन भएका ३६ उपसमितिमध्ये प्रचार–प्रसार तथा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन उपसमितीको बसेको तयारी बैठकमा महोत्सवमा कृषि र पर्यटन पहिलो प्राथमिकतामा रहेको जानकारी दिइएको छ । कृषि पर्यटन, उद्योग व्यापार तथा कला संस्कृतिको प्रचार–प्रसार र संरक्षण गर्ने उद्देश्यले दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन व्यापार एवं औद्योगिक मेला–२०७१ गर्न लागिएको प्रचार–प्रसार उपसमितिका संयोजक श्रीप्रसाद भलामीले जानकारी दिए ।